बेविजोन मन्टेश्वरीले मनायो पाँचौ बार्षिकोत्व

तुलसीपुर,८ चैत ।
दाङको तुलसीपुर ६ स्थित बेविजोन मन्टेश्वरीले पाँचौं बार्षिकोत्सव मनाएको छ । शनिबार मन्टेश्वरीका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता तथा प्याब्यसन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । त्यस अवसरमा प्रमुख अतिथि डाँगीले मन्टेश्वरी भनेको बालबालिकाको शिक्षाको जग भएको बताए । बेविजोनले पाँच बर्षमा दिएको शिक्षाले छोटो समयमै स्थापित हुन सफल भएको समेत उनको भनाई थियो । कार्यक्रममा अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नोबेल डीसीले बेवि जोनका विद्यार्थीहरुको प्रतिभा देखेर आशावादी भएको बताए । कार्यक्रममा प्रिन्सिपल विष्णु कुमार देवकोटाले सुरुमा ४१ जना विद्यार्थीबाट सुरु गरिएको भएपनि अहिले एक सय ६८ को हाराहारीमा विद्यार्थीहरु रहेको जानकारी दिए ।


उनका अनुसार हाल प्लेग्रुपदेखि कक्षा १ सम्म पठनपाठन भइरहेको समेत उनको भनाई छ । त्यस अवसरमा पत्रकार दिपक बोहराले विद्यार्थीहरुलाई खेल्दै, रमाउँदै पढाउने शिक्षा नै मन्टेश्वरी रहेकाले यस्तो खालको शिक्षाको महत्व हुने बताए । कार्यक्रममा अभिभावक कृतिका शर्मा र सन्तोष बुढाथोकीले मन्टेश्वरीले दिएको शिक्षाप्रति आफूहरु प्रभावित भएको बताएका थिए । विद्यार्थीहरुले पनि धेरै कुरा सिक्न पाएको उनीहरुको भनाई थियो । त्यस अवसरमा विद्यार्थीहरुले बिभिन्न पहिचान सहितका नृत्य तथा अन्य प्रतिभाहरु प्रस्तुत गरेका थिए । त्यस्तै कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । सञ्चालक नवराज भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नेत्रलाल भट्टराई(नारायण)ले गरेका थिए ।