बच्चालाई जोगाउन खोज्दा मन्त्रीको गाडी दुर्घटना

दाङ, २२ असोज ।
बच्चालाई जोगाउन खोज्दा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । गाडीमा सवार मन्त्रीसहित ५ जनाको अबस्था सामान्य रहेको छ ।

दंगीशरण गाउँपापलिका दाङमा आयोजित कार्यक्रम सकेर लमही जाने क्रममा मन्त्री मास्की सवार गाडी दुर्घटनामा परेको हो । सोमबार अपरान्ह ५ बजेतिर राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर १२ सितलपुरमा दुर्घटनामा परेको मन्त्रीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए ।


गाडीमा मन्त्री, स्वकीय सचिब शम्भु रेग्मी, चालक मानबहादुर बंशी मगर, पिएसओ मनबहादुर चिदी र नारायण मगर सावर थिए । गाडी नहेरी बच्चाले दौडेर बाटो काट्दा उनलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो । मन्त्री लु १ झ ७३८ नम्बरको गाडीमा सवार थिए ।