
दाङ,२६ माघ ।
विद्यार्थीहरूको सिर्जनात्मकता, व्यावहारिक सीप र सहकार्य भावना विकास गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले फुड फेस्टिवल आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा, आत्मविश्वास वृद्धि तथा उद्यमशीलता विकासमा यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले यस्ता सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीहरूलाई सिकाइसँगै जीवनोपयोगी सीप हासिल गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी, रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले फुड फेस्टिवलले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सहकार्य भावना र व्यवहारिक ज्ञान विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो।कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाँले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने अभिभावकहरूको पनि उत्साहजनक उपस्थिति देखिएको थियो। विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी स्टलमार्फत प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो। समग्रमा, फुड फेस्टिवलले विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालय–अभिभावक–समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन् ।



लाइभदाङ । २७ माघ २०८२, सोमबार १२:३९ बजे