
दाङ,२० माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर निवासी मोहन लम्सालले किवानिज इन्टरनेश्नल भाईस प्रिसिडेन्टकालागि उम्मेदवारी दिएका छन् । नेपालबाट अन्तराष्ट्रिय संस्थाको नेतृत्वकालागि उम्मेदवारी दिने उनी पहिलो ब्यक्ती हुन् ।
सोही क्लबको भाईस प्रिसिडेन्टकालागि नेपालका लम्सालसहित बिभिन्न देशका तीन जनाले उम्मेदवारी दिएका छन् । सुरुमा इन्टरनेश्नल भाईस प्रिसिडेन्टमा उम्मेदवार दिनुपर्छ । त्यसपछि स्वतः प्रिसिटेन्ड इलेक्ट हुन्छ, र सोही ब्यक्ती प्रिसिडेन्ट हुने ब्यबस्था रहेको छ ।
त्यसैले पनि यो पदलाई बिशेष महत्वका साथ हेर्ने गरिएको उम्मेदवार लम्सालले बताए । उनले दाङको तुलसीपुरमा पत्रकार सम्मेलन गरि लिलिपिन्समा जुन २४ देखि २७ सम्म हुन लागेको कन्भेन्सनबाट नेतृत्व चयन हुने बताए । उनले आफू अन्तराष्ट्रिय नेतृत्वमा जाँदा नेपालमा बिभिन्न प्रोजेक्टहरु ल्याउन सक्ने समेत बताए । किवानिज् एकसय ११ बर्ष पुरानो संस्था हो । जसको मुख्य कार्यालय अमेरिका रहेको छ ।



लाइभदाङ । २१ माघ २०८२, मंगलवार २१:३५ बजे