
तुलसीपुर, २४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६ करोड २० लाख बढी राजस्व संकलन गरेको छ ।
वार्षिक ५३ करोड २० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा कार्तिक मसान्तसम्म ६ करोड २० लाख ७८ हजार ८५१ रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख पुष्पलता घर्तीले बताईन् ।
उनका अनुसार सबैभन्दा धेरै भूमि तथा मालपोत करबाट १ करोड ८ लाख ११ हजार ७४८ रुपैयाँ संकलन भएको छ । त्यस्तै सम्पत्ति करबाट ५२ लाख ३९ हजार ७०५ रुपैयाँ, बहाल बिटौरी करबाट ११ लाख ७६ हजार ६५० रुपैयाँ र सवारी साधन करबाट ८ हजार ४ सय रुपैयाँ संकलन भएको छ ।
त्यस्तै पूर्वाधार सेवाको उपभोग करबाट १ लाख ९२ हजार ३५७ रुपैयाँ, ब्यवसाय करबाट ८ लाख ८६ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
जेनजी आन्दोलनका कारण लक्ष्य अनुसारको राजस्प संकलन गर्न नसकेको उनले बताईन् ।



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार १९:५६ बजे