
दाङ,१३ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र सहसंयोजक माधव नेपाल दाङ आउने भएका छन् ।
शनिबार(आज) पार्टीको लुम्बिनी प्रदेश स्तरीय एकता सन्देशसभालाई सम्ेबाधन गर्न उहाँहरु दाङ आउन लागेका हुन् । दिउसो १२ बजे लमही स्थित बगैचामा हुने कार्यक्रममा नेता बामदेव गौतम, भिम रावल,बर्षमान पुन आउन लागेका हुन् ।
उनका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट कार्यक्रममा सहभागिता रहनेछ ।
पार्टीले सातवटै प्रदेशमा एकता सन्देशसभा गरिरहेको छ । सोही अनुसार शुक्रबार सुदुरपश्चिममा गरेको थियो ।



लाइभदाङ । १४ मंसिर २०८२, शनिबार ०८:३५ बजे