
दाङ, २७ भदौ । जेनजि पुस्ताको प्रदर्शन गरेको दिन देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका थिए । कारागारमा आगजनि तोडफोड,हुलदंगा भई कैदि भागेका बेला दाङको घोराही कारागार भने शान्त देखियो । त्यहा हाल ४ सय ३६ कैदीबन्दी रहेका थिए । त्यहा सुरक्षा ब्यवस्था देखि लिएर भित्रको आन्तरीक प्रशासनको कारण पनि कुनै खालको गतिविधि हुन नपाएको कारागार कार्यालयका जेलर थम्मन खड्काले बताएका छन ।
कारागारमा चौकीदारको रुपमा कर्तव्य ज्यान मुद्धामा कैद सजाय भुत्तान गरिरहेका विक्की सिंह ठकुरी रहेका छन । चौकीदारको भूमिका त्यहाको आन्तरीक प्रशासन चलाउने हो । कैदीबन्दी र कारागार प्रशासनको बीचमा समन्वय गर्ने हो । यसमा विक्की सिंह ठकुरीले कैदीबन्दीका विचमा कुशल ब्यवस्थापन गरेको बताइन्छ ।
यता, तुलसीपुर कारागारबाट मात्रै त्यसैदिन १ सय २४ जना कैदि भागेका थिए । त्यहाबाट भागेका कैदीहरु सम्पर्कमा आउन थालेका छन । कोहि आफै आएका छन भने कोही विभिन्न स्थानबाट पक्राउ पर्न थालेको कारागारका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।



लाइभदाङ । २७ भाद्र २०८२, शुक्रबार १३:२९ बजे