
तुलसीपुर, २३ असार । तुलसीपुर सहित जिल्लाभरका सुनचाँदी पसलहरु विगत एघार दिन देखि बन्द छन् ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा हिरा पत्थर जन्यबस्तुमा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरूले चरणबद्ध आन्दोलन गर्दै गत असार १३ गतेदेखी पसल ठप्प पारेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सयुंक्त आह्वानमा जारी देशव्यापी आन्दोलन अन्तरगत आज (सोमवार) तुलसीपुर दाङ सुनचाँदी व्यवसाय संघले आन्तरिक राजस्व कार्यालय तुलसीपुर अगाडी एक घण्टा धर्ना कार्यक्रम गरेको छ ।
अव्यहारिक कर निति खारेजको माग गर्दै कार्यालय अगााडी व्यवसायीहरुले धर्ना दिएको महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो । सरकारलाई उक्त निर्णय फिर्ताका लागी आफुहरुले दबाबमुलक कार्यक्रम अन्र्तगत शान्तिपुर्ण रुपमा धर्ना दिएको उहाले जानकारी दिनुभयो । आफना मागहरु सुनवाई नभए आन्दोलनलाई थप शसक्त बनाईने उहाले बताउनु भयो ।
देशव्यापी आन्दोलनको कार्यक्रम अन्तरगत चरणबद्ध कार्यक्रम भईरहेका छन् । सरकारले ल्याएको नितिले विशेषगरी उपभोक्तालाई मर्का पर्ने र यसको असर व्यवसायलाई समेत पर्ने व्यवसायीहरुले बताएका छन् ।



लाइभदाङ । २३ असार २०८२, सोमबार २१:५४ बजे