
प्रमोद आचार्य
दंगीशरण, १७ असार ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षामा सामुदायिक विद्यालयतर्फ दाङको दंगीशरण गाउँपालिका दाङका १० वटै स्थानीयतह तर्फ जिल्लामै प्रथम भएकोछ । भने संस्थागत र सामुदायिक विद्यालयको नतिजातर्फ जिल्लाकै दोस्रो स्थानमा रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ दाङले सार्वजनिक गरेको नतिजा अनुसार दाङको दंगीशरण गाउँपालिका सामुदायिकतर्फ ६२.६० प्रतिशत सङ्गै सामुदायिक तर्फ जिल्लमै प्रथम स्थानमा रहन सफल भएको हो ।
जस अन्तर्गत सामुदायिक तर्फ बबइ गाउँपालिका ४८.५३ प्रतिशत, बङ्गलाचुली गाउँपालिका ,३०.९० प्रतिशत, गढवा गाउँपालिका १९.७० प्रतिशत, घोराही उपमहानगरपालिका ३९.२१ प्रतिशत, लमही नगरपालिका ४६.७१ प्रतिशत, राजपुर गाउँपालिका २३.२९ प्रतिशत, राप्ती गाउँपालिका ३९.३७ प्रतिशत, शान्तीनगर गाउँपालिका ४६.६९ प्रतिशत, र तुलसीपुर उपमहानगरपालिकामा ६२.०७ प्रतिशत विद्यार्थी उतिर्ण भएका हुन् ।
यस्तै सामुदायिक र संस्थागत तर्फको जम्मा प्रतिशतका आधारमा तुलसीपुर उपमहानगरपालिका ७८.७१ प्रतिशत सहित प्रथम,दंगीशरण गाउँपालिका ६६.३४ प्रतिशत सहित दोस्रो, घोराही उपमहानगरपालिका ६३.५४ प्रतिशत सहित तेस्रो, लमही नगरपालिका ६३.२३ प्रतिसत सहित चौथो, शान्तीनगर गाउँपालिका ५९.६१ प्रतिशत सहित पाचौ, बबइ गाउँपालिका ५६.९६ प्रतिशत सहित छैठौं, राप्ती गाउँपालिका ५५.२६ प्रतिशत सहित सातौ, गढवा गाउँपालिका ३७.५४ प्रतिशत सहित आठौं, बङ्गलाचुली गाउँपालिका ३०.९० प्रतिशत सहित नवौं र राजपुर गाउँपालिका २३.२९ प्रतिशत सहित १० औं स्थानमा परेका हुन् ।




लाइभदाङ । १७ असार २०८२, मंगलवार २०:४५ बजे