
तुलसीपुर, १३ असार ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमुल्य बस्तुमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा व्यवसायीहरू पसल बन्द गरेर आन्दोलित भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सयुंक्त आह्वानमा भएको देशभरव्यापी अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम अन्र्तगत आज९शुक्रवार० देखी दाङमा पनि सुनचाँदी पसलहरु बन्द भएका हुन् ।
सोहि अनुरुप तुलसीपुरमा पनि विहानै देखी सुनचाँदी पसलहरु ठप्प पारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । तुलसीपुर दाङ सुनचाँदी व्यवसाय संघ तुलसीपुरले विरोध कार्यक्रम अनुसार बजारमा ¥याली आयोजना गरेको थियो । तुलसीपुर ग लाईन स्थित संघको कार्यालय अगाडीबाट ¥याली सुरु गरी विरेन्द्रचोक ,सल्यानरोड,प्रादेशिक अस्पताल रोड,तुलसी बोर्डिङ चोक ,ङ लाईन हुदै विपिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संघका अध्यक्ष हरिकृष्ण विकको सभाध्यक्षमा भएको कोण सभा कार्यक्रममा बोल्ने बक्ताहरुले आफुहरुको माग पुरा नहुदा सम्म आन्दोलन जारी राख्ने बताएका छन् ।पुनःसुनचाँदी पसलहरु अनिश्चितकालिन बन्द गरी आन्दोलित भएका व्यवसायीहरुले सरकारले अव्यवहारिक कर लगाउन खोजेको आरोप लगाएका छन् । सुन तथा सुनका गरगहना मानिसको संस्कार र संस्कृति संग जोडिएको बस्तु भएकाले यसमा विलासिताको कर लगाउनु उचित नहुने उनीहरुले बताएका छन् ।
सरकारको यो नितिले आम उपभोक्ताहरु बढि मारमा पर्ने भन्दै तत्काल खारेज गर्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य मदन केसी, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरका सहकोषाध्यक्ष कोमल डिसी, कालीगडको तर्फबाट सुर्दशन स्वर्णकार लगाएतले बोल्नु भएको थियो भने कोणसभाको सहजीकरण संघका महासचिव तुलसीराम सुनारले गर्नुभएको थियो ।



लाइभदाङ । १३ असार २०८२, शुक्रबार २०:०२ बजे