तुलसीपुर खानेपानी निर्वाचन : कोषाध्यक्षमा कर्ण वलीको समर्थन भद्र वलीलाई

तुलसीपुर
१५ पुस /  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कोषाध्यक्ष पदका उम्मेदवार कर्णबहादुर वलीले आफ्नो समर्थन भद्रबहादुर वलीलाई रहेको बताएका छन् ।

विहीबार एक विज्ञप्ति जारी गरि आफ्नो समर्थन गठबन्धनका उम्मेदवार भद्रलाई रहेको बताएका हुन् । माओवादी केन्द्र निकट कर्ण वलीले राजनीतिक संस्कार देखाउनु पर्ने र पार्टीको निर्णयलाई मान्नु पर्ने बताए । यो संगै माओवादीका सबै बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

तर, काँग्रेस र एमालेका वागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । काँग्रेसका अध्यक्षमा एक, उपाध्यक्षमा दुई र कोषाध्यक्षमा २ जनाको वागी उम्मेदवार परेको छ । सचिबमा एमालेका विरुद्ध एमालेकै उम्मेदवार रहेका छन् ।


अब कोषाध्यक्षमा गठबन्धनका उम्मेदवार विरुद्ध दुईजना काँग्रेसका उम्मेदवार रहेका छन् ।

No description available.