तुलसीपुर १२ र पोखरा उपमहानगरले गरे विकासका कुरा

तुलसीपुर, १८ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ र पोखरा उपमहानगरपालिकाबीच भेटवार्ता भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरीसहितको टोली र पोखरा उपमहानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीबीच भेटवार्ता भएको हो ।

पोखरा उपमहानगरपालिकाको नमुना कामहरुको बारेमा जानकारी लिन भेटबार्ता गरिएको हो । त्यस क्रममा तिवारीले पोखरामा उचित फोहर ब्यबस्थापन गरेको समेत बताए । पोखरामा बसाईसराई पनि नेपालका अन्य जिल्लाको तुलनामा तिब्र भएपनि त्यहाँको फोहर ब्यबस्थापन, बढ्दो जनसंख्या बृद्धिपछिको पूर्वाधार ब्यबस्थापन, खानेपानीलगायतका कुरा ब्यबस्थापनलाई प्रभाबकारी बनाउन सफल भएको बताए ।


उनले फोहोरलाई मोहर बनाउनकालागि निजि क्षेत्रलाई जिम्मा दिईएको र काम अन्तिम चरणमा पुगेको समेत उनले बताए ।
त्यस अवसरमा वडाध्यक्ष चौधरीले तुलसीपुरका भएको नयाँ अभ्यासको समेत जानकारी गराएका थिए । मेट्रो कलेज, फोहर मैला ब्यबस्थापनकालागि भइरहेका पहल, विकास निर्माण, कृषिलाई आधुनिकिकरण गर्ने जस्ता कुराहरु राखेका थिए । शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।
वडा नं. १२ भ्रमण टोलीमा वडा सचिब गणेश कुमार आचार्य, वडा सदस्यहरु कमला मगर, धनराज गौतम, लेखापाल उशा भुषाललगायतको टोली थियो ।

उक्त टोलीले पोखराको फेवाताल, महेन्द्र गुफा, विन्ध्याबासिनी मन्दिर, चमेरे गुफा, पुम्दीकोट, महेन्द्र गुफा, सेति खोँच, डेभिड फल्सको अवलोकन समेत गरेको थियो भने बागलुङको पन्चकोट, कालिका मन्दिर, पर्वतको बम्जिजम्प, पाल्पाको रानी महल, लुम्बिनीको स्थित गौतम बुद्ध जन्म स्थलको समेत समेत अवलोकन गरेको थियो ।