माओवादी केन्द्र तुलसीपुर ५ द्वारा एक महिने अभियान उद्घाटन

तुलसीपुर, ३१ वैशाख ।
नेकपा माओवादी केन्द्र तुलसीपुर ५ कमिटिले एक महिने अभियानकाे उद्घाटन गरेकाे छ । बुधबार जनतासंग माओवादी संगठन विस्तार तथा सुदृढीकरण अभियानकाे उद्घाटन गरकाे हाे ।

पार्टीका वडा कमिटि अध्यक्ष भिम खत्रीकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य सेशुराम भण्डारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले पार्टीप्रति पछिल्लाे समय आकर्षण बढेकाे भन्दै तल्लाे कमिटिले भूमिकालाई बढाउनु पर्ने बताए ।


कार्यक्रममा पार्टीका नगर ईन्चार्ज डिल्ली अधिकारी, नगर अध्यक्ष माेहन थापा, जिल्ला समन्वय समिति सदस्य मिनराज भण्डारी, नगर सहसचिब प्रकाश वली, नगर सदस्य चेतना बाँठा, वडा ईन्चार्ज बेदप्रसाद वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अवसरमा वडा भित्रका ४८ वटा टाेलमा कमिटि गठन गर्ने गरि जिम्मेवारी ताेकिएकाे समेत ताेकिएकाे छ । साथै अभियानका क्रममा सामाजिक कार्य पनि गरिने भएकाे छ।

उपाध्यक्ष गणेश डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेकाे कार्यक्रमकाे सहजीकरण सचिब लाेकेन्द्र खड्काले गरेका थिए ।