
दाङ, ३० बैशाख । लुम्बिनी प्रदेश सभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्।
आज (मंगलबार) उनले लुम्बिनीका सभामुख समक्ष राजीनामा बुझाएकी हुन्। उनले देश र जनताको पीरमर्का राम्ररी बुझेको भए पनि आफूले केही गर्न नसकेको गुनासो गरेकी छन्।
‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ,’ उनले भनेकी छन्।
उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद भएकी हुन्।




लाइभदाङ । ३० बैशाख २०८२, मंगलवार १५:३२ बजे