पार्टी भित्रको वेथितिका विरुद्ध कुरा गर्दा एमालेले कारवाही गर्छ : नेता शर्मा

दाङ, ११ पुस । नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य रेखा शर्माले एमालेले पार्टी भित्रको बेथितका विरुद्ध कुरा गर्दा कारवाही गर्ने गरेको भन्दै त्यसले उसको प्रबृति प्रष्ट पारेको बताएकी छन् ।

माओवादी केन्द्र बबई गाउँपालिकाको विहीबार भएको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताईन् ।“ १० रापनी जग्गा दान दिएर नेकपा एमालेको पार्टी कार्यालय बनाईदिने कुरा कुरा गलत हो, विनास्वार्थ ब्यापारीले काम गर्दैनन्, भनेर पार्टी भित्र कुरा उठाउनेहरु कसैलाई सदस्यबाटै कारवाही गरिएको छ, कसैलाई निलम्बन गरिएको छ ।”,उनले भनिन्“त्यो निरंकुश प्रबृति हो, त्यस्तो निरंकुश पार्टी सरकारमा हुँदा त्यसले कस्तो काम गर्ला ?”

मिनबहादुर गुरुङबाट जग्गा लिएर एमालेले पार्टी कार्यालय निर्माण गर्न लागेको सन्दर्भमा एमाले नेता भिमबहादुर रावललगायतले कुरा उठाउँदा कारवाही गरेको प्रसंग उठाउँदै उनले पार्टी भित्र कुरा राख्न समेत नपाईने अबस्था आउनु कम्युनिष्ट पार्टीमा दुःखद भएको बताईन् । गुरुङलाई प्रचण्ड सरकारले कारवाही गर्न लागेको अबस्थामा सरकार ढल्ने अबस्थामा पुगेको समेत उनको भनाई छ ।


 साथै उनले सरकार बाहिर हुँदा पनि पार्टीले विजयीको आभास गरिरहेको बताईन् । उपनिर्वाचनदेखि अन्य संघसंस्थाको निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको मतले पार्टीलाई उत्साहित बनाएको समेत उनको भनाई थियो । साथै संविधान संसोधनका नाममा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको समेत बताईन् । दुई ठूला दलले महिला, दलित, उत्पिडितत समुदायको सामानुपातिक समावेशितामा प्रहार गर्न खोजेको उनको भनाई छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले पश्चिम दाङलाई कर्णाली दाङ नभई समृद्ध दाङको नामले परिचित बनाउन लागि परेको बताएका छन् । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य दामा शर्मा, केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लेखा आयोग सदस्य रामबहादुर दहित, दाङ जिल्ला संयोजक हरिमान पुन(बरुन), वाइसिएल दाङका इन्चार्ज अमर नेपाली(माइकल), नेतृ प्रमिता चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

पार्टीका पालिका अध्यक्ष एकलाल घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब अन्जु घर्तीले गरेकी थिइन् । त्यस अवसरमा बिभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले, काग्रेसलगायतका पार्टी परित्याग गरि दुई दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य रेखा शर्मा, केन्द्रीय सदस्य धनबहादुर मास्कीलगायतले स्वागत गरेका थिए ।