दाङ, २९ भदौ ।
सहारा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार १७ औं वार्षिक साधारणसभा गरेको छ । सहकारी संस्थाका अध्यक्ष बासुदेव आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका निवर्तमान मूख्यमन्त्री डिल्लीबहादर चौधरीको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह गरिएको हो ।
त्यस अवसरमा निवर्तमान मूख्यमन्त्री चौधरीले सहकारीलाई उत्पादनसंग जोड्नुपर्ने बताउनुभयो । उहाँले राज्यको तीन खम्बे नीतिमै सहकारी रहेको बताउँदै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले धेरै सहकारीले वचत तथा ऋणको कारोबार गरिरहेकोले र आर्थिक समृद्धिका लागि अब सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले सहकारीमा गरिएको लगानी सुरक्षित गर्न राज्यले प्रमुख भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत सहकारीको रकम अपचलन गरेको खबर बाहिरिएको भन्दै नागरिकले थोपा थोपा गरेर वचत गरेको रकम अपचलन जो कोहीलाई पनि कार्बाही गर्नुपर्ने बताउनुभयो ।
सहकारी संस्थाका उपाध्यक्ष टोप बहादुर महताराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सल्लाहकार विष्णुप्रसाद शर्मा, हिमाल एकेडेमीका प्रधानाध्यापक मधुसूदन केसी, सुलभ सहकारीका उपाध्यक्ष अनिल आचार्य, सामाजिक अभियान्ता गोकर्ण गिरी, महिला शेयर सदस्य उषा गौतम, पुरुष शेयर सदस्य छोटीलाल थारु लगायतले सहकारीले आर्थिक विकासमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
सहकारीले वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ । जेष्ठ पुरुष शेयर सदस्य छोटीलाल थारु, महिला शेयर सदस्य दु्रपता पौडेल, असल ऋणी जीवराज देवकोटा र असल वचतकर्ता सपना थापालाई सम्मान गरिएका हो । कार्यक्रमको सहजीकरण सचिव भिमलाल लाल मरासीनीले गर्नुभएको हो । सहकारीमा ४ सय ९४ जना शेयर सदस्य रहेका छन् ।
लाइभदाङ । २९ भाद्र २०८१, शनिबार २३:१३ बजे