बिसिए संकायतर्फ ज्ञान दीप कलेजका कपिल बोहरा नेपाल दोस्रो

तुलसीपुर, १२ । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहरा उत्कृट नतिजा सहित नेपाल दोस्रो भएका हुन ।

बिसीए संकाय तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहराले सातौ ब्याच तर्फको परीक्षामा ३ दशमलव ८२ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिनुभएको छ । त्यस्तै वोहरासहित सोही संकायमा अध्ययनरत सतप्रतिसत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन् ।


यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।