दाङमा सर्पको टोकाईबाट छोरीको मृत्यु, आमा घाइते

तुलसीपुर, ३० साउन ।  दाङमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरमा आमाछोरीसंगै सुतिरहेको अबस्थामा गएराती १ बजेको समयमा इन्दुसहित उहाँकी आमा २५ वर्षीया आस्मा चौधरीलाई बिषालु सर्पले टोकेको थियो ।


आमाको बाँया हातमा र छोरीको टाउकोमा सर्पले टोकेपछी गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारकै क्रममा आज विहान साढे ५ बजेको समयमा इन्दुको मृत्यु भएको र उहाँकी आमाको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको पनि अवस्था गम्भिर रहेको छ ।