गरिव दुःखीको साहारा बन्दै स्थानीय तह

कपिल लामिछाने
तुलसीपुर, ८ मंसिर ।
कहिले पञ्चायत कहिले द्धन्दकाल त कहिले सामान्तीबादी तनाब भोगेका आम नेपालीहरुले संघीयताको सुरुवात संगै केहि राहत पाएको महसुस गरेका छन् । स्थानीय तहहरुले अहिले गरिव दुःखीहरुका लागि बिभिन्न कार्यक्रमहरु, बिभिन्न योजनाहरु सार्वजनिक गर्दै उनीहरुको सर्वाङ्गीण बिकासका लागि कामहरु गर्दै आईरहेका छन् । स्थानीय तहहरुसंगै यतिबेला निजि संघ संस्थाहरु पनि गरिब दुःखीहरुको समस्या समाधान गर्नका लागि अग्रसर भएको देखिन्छ ।

गरिव दुःखीहरुका लागि आयमूलक बिभिन्न किसिमका तालिमहरु स्थानीय तहहरुले बर्षेनी दिएको तथ्याङ्क बिभिन्न वडा कार्यालयहरुमा रहेका छन् । महिला हिंसा, छुवाछुत लगायतका कयौँ घटनाहरु स्थानीय सरकारले हल गर्दै आईरहेका छन् । २०७३ सालको तथ्याङ्क र २०७८ सालको तथ्याङ्क हेर्ने हो भने स्थानीय तहहरुले महिला हिंसा,छुवाछुत लगायतका बिषयमा गाउँ गाउँमा जनचेतना फैलाएको देखिन्छ । हालै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले बिगत लामो समयदेखि प्रसवपीडाले ग्रस्त भएकी तुलसीपुर १८ मनिकापुरकी निर्मला परियारको उपचारमा देखाएको भूमिकाले स्थानीय तहहरु कत्तिको अग्रसर छन्, भन्ने कुरा प्रष्ट पार्दछ । निर्मला बिगत ३÷४ महिनादेखि बिरामी भई थला परिरहेको कुरा वडा कार्यालयले थाहा पाउने बित्तिकै उनको उपचारका लागी आवश्यक गृहकार्य गरिएको थियो ।


नेपालगन्ज उपचारका लागि भर्ना गर्दै उनलाई चाहिने रगत लगायतका अन्य उपचारका बिषयमा निरन्तर अस्पतालसंग समन्वय गर्दै वडाले उनको ज्यान बचाउन हरसम्मको प्रयास गरिरहँदा पनि उनले अल्पायुमा नै आफ्नो ज्यान गुमाउनु प¥यो । निम्न आयस्तर भएकी निर्मलाको श्रीमान समशेर नेपाली अहिलेपनि पिडामा छन् । हिजो वडा नं १८ का वडा अध्यक्ष माधव वलीको पहलमा दलित महिला संघ तुलसीपुरको सहयोगमा केहि खाद्य सामाग्री वितरण गर्दै उनिहरुको पिडाको साथी भएको महसुस भएको वडा अध्यक्ष माधव वलीले बताए । वडा सदस्य धन बहादुर बस्नेत दलित महिला संघ तुलसीपुरकि प्रतिनिधि लगाएतको टिमले हिजो अनौपचारिक कार्यक्रमका बिच उक्त राहत समाग्री सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा यसरी हरेक गरिव दुस्खीहरुको घरघरमा पुग्ने स्थानिय सरकारले आगामी दिनहरुमा पनि यसैगरि सबैको पहुँचमा आफ्नो काम र कर्तव्यलाई अगाडी बढाउदै जाने तुलसीपुर १८ का वडा सदस्य धन बहादुर बस्नेतले प्रतिबद्धता ब्यक्त गरे ।