युवा पलायन भएका छन्, मैले नेपालमै सम्भावना देखेको छु : उम्मेदवार वली

तुलसीपुर, २७  वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघमा स्वतन्त्रबाट सचिब पदका उम्मेदवार बनेका चन्दन वलीले ब्यबसायीहरुको आवाज बोल्न युवा आबश्यक पर्ने बताएका छन् । विहीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि उनले ब्यबसायी निकै मारमा रहेको भन्दै उनीहरुको समस्या समाधान युवाहरुबाटै हुने उनको भनाई छ । सानै उमेरमा ब्यबसायीमा जोडिएको र अहिलेसम्म ब्यबसायीका सबै पिडा थाहा भएकाले त्यसलाई समाधान गर्न सक्ने नेतृत्व आफू नै भएको वलीको भनाई छ ।

दलगत स्वार्थ भन्दा माथि उठ्न नसक्दा पनि ब्यबसायीहरुका समस्या समाधान हुन नसकेको अबस्था रहेको भन्दै त्यो कुरालाई पनि सुधार गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । उनी उनको पढाई पनि ब्यबसाय क्षेत्रसंग सम्बन्धित हो । ब्यबसाय क्षेत्रबाटै स्नातकोत्तर गर्न लागेको भन्दै त्यसले पनि आफूमा व्यबसाय सम्बन्धि ज्ञान रहेको बताएका छन् ।


अहिले ब्यबसायीहरुले घरभडा, करको मारलगायतका समस्या भोगिरहेको भन्दै यस्ता समस्या समाधान गर्न युवाहरुकै नेतृत्व आवश्यक पर्ने उनको भनाई छ । पछिल्लो समय युवा पलायन भइरहेको अबस्थामा आफू नेपालमै सम्भावना देख्ने युवा ब्यबसायी भएकाले पनि युवाहरुलाई नेपालमै केही गर्न सकिन्छ, भन्ने सन्देश दिन पनि आफ्नो उम्मेदवारी रहेको उम्मेदवार वलीको भनाई छ ।

तुलसीपुर बजार ब्यबस्थापनलगायतका विषयमा पनि सुधार गर्न आफूले उम्मेदवारी दिएको वलीले बताए । वलीले आफ्नो प्रचार अभियानलाई तिब्र पनि पारेका छन् ।