भिरबाट लडेर एकको मृत्यु

दाङ
२५ कात्तिक / दाङमा भिरबाट लडेर एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार शान्तिनगर गाउँपालिका १ निवासी ७० बर्षीय जरसिङ कामीको भिरबाट लडेर मृत्यु भएको हो ।


घर नजिकै पूर्वतर्फ रहेको भिरबाट लडेको अबस्थामा उनको शव फेला परेको हो । उनी त्यहाँको खरिबारी भिरबाट १२ मिटर तल खसेको अबस्थामा आज विहान साढे ८ बजेतिर फेला पारिएको हो ।

शब परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।