शान्तिनगर १ मा पत्रकारिता तालिम सुरु

तुलसीपुर,२९ फागुन । दाङको शान्तिनगर गाउँपालिका वडा नं.१ मा नेतृत्व विकास तथा पत्रकारिता तालिम सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको तालिम बुधबारसम्म चल्ने छ । अग्रिम मिडिया सेन्टरको आयोजना तथा शान्तिनगर गाउँपालिका वडा नं.१ को सहयोगमा उक्त तालिम सुरु भएको हो ।

पत्रकारिता अब शहर केन्द्रित नभई ग्रामिण केन्द्रित हुनुपर्ने भन्दै सोही ठाउँमा पत्रकारिता तालिमको आयोजना गरिएको हो । सेन्टरका सञ्चालक दिपक बोहराको अध्यक्षता तथा वडाध्यक्ष जंगबहादुर पुनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि पुनले पत्रकारिताको विकास भएमा मात्रै समाजको विकास हुने बताए । मंगलबार पत्रकार दीपक बोहरा र सागर सुवेदीले प्रशिक्षण दिएका थिए ।