सती सहकारीको चौधौं साधारणसभा

तुलसीपुर,२९ फागुन । दाङको दंगीशरण गाउँपालिकाको सती बचत तथा ऋण सहकारी संस्थाको चौधौं साधारणसभा भएको छ । सोमबार संस्थका अध्यक्ष बसन्ती वलीको अध्यक्षता तथा पालिकाका अध्यक्ष सम्भु गिरीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि गिरीले सहकारी उत्पादनमा जोडिनु पर्ने बताए । सहकारीको माध्यामबाट समृद्धि हाँसिल हुने उनको भनाई थियो । त्यस्तै बिशिष्ट अतिथि माओवादी केन्द्रका पालिका अध्यक्ष मणिराम चौधरीले सहकारीले महिलाहरुलाई समाजमा स्थापित गराउने गरेको बताए । कुनै समय चुलोचौकोमा सीमित हुने महिलाहरु समाजमा स्थापित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।

त्यस्तै बिशिष्ट अतिथि जिल्ला समन्वय समिति दाङका सदस्य टोपाराम चौधरीले सहकारीले गाउँ–गाउँमा रोजगारी दिनु पर्ने बताए । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ३ का अध्यक्ष सुकलाल चौधरीले महिलाले मात्रै चलाएको सहकारी भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

   कार्यक्रममा दंगीशरण ५ का निवर्तमान अध्यक्ष दिपक गौतमले उक्त महिलाहरुले चलाएको उक्त सहकारी पालिकामै उदाहरणी भएको भन्दै त्यस्ता सहकारीले स्वरोजगार सिर्जना गर्ने गरेको भन्दै सरकारले पनि ध्यान दिनुपर्ने बताए । त्यस्तै समृद्ध समाज दाङका सचिब बालकृष्ण खड्काले अब सहकारी सामूहिक खेति तर्फ पनि ध्यान दिनुपर्ने बताए । बचत तथा ऋण मात्रै नभई अन्य आयमुलक कार्यमा पनि जोडिनु पर्ने बताए । त्यस अवसरमा सेयर सदस्य गंगा गिरीलगायतले आफ्नो भनाई राखेका थिए ।


सदस्य अञ्जु खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष विमला गिरीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सचिब उमा बस्नेतले गरेकी थिइन् । उक्त सहकारी महिलाहरुले मात्रै चलाएको सहकारी हो ।

उक्त सहकारीमा हाल चार सय ५ जना सेयर सदस्य छन् । बार्षिक ८ लाख बढि आम्दानी गर्दै आएको उक्त सहकारीको पुँजी ६८ लाख ८६ हजार रहेको रहेको छ ।