घरमा सम्मान पाउने अबस्था छैन

सुशील बस्नेत
तुलसीपुर,२४ फागुन ।
परिवारबाटै सम्मान नपाएको महिलाले बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले ८ मार्चको सन्दर्भमा आयोजना गरिएको ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा र दुब्र्यबहार बिरुद्धको साहित्यिक काब्य कार्यक्रममा श्रष्टाहरुले सम्मान परिवारबाट हुन नसकेको बताएका हुन । महिला हिंसा घरबाटै हुदै आएको छ । यसलाई न्युनिकरण गर्दै जानुपर्छ,साहित्यकार निर्मला डाँङीले भन्नुभयो । अर्का साहित्यकार भवानी न्यौपानेले हामी नारी यस धर्तीका श्रृष्टीकर्ता भन्ने कविता वाचन गर्नुभयो ।

अपाङगता भएकी साहित्यकार मन्जु कँडेलको सृजना थियो,चेलीको पुकार राज्यले सुन्दैन,बरु चोर पक्राउ पर्ला महिला माथि हुने हिंसा र दुब्र्यबहारमा संलग्नलाई कारर्बाही नै हुदैन । उदाहरण कार्य गर्दै जानु,दिदी बिहिनी समाजमा चेतना छर्दै जानु भन्नुभयो,अर्का अपाङगता भएका ब्यक्ति साहित्यकार सुरेश बिकले ।


सो अवसरमा माध्यामिक विद्यालय बालापुरकी समिता मियाँ,मावि सेन्टरका अम्रीक्षा चौधरी,कुस्मा शर्मा,निर्मला ओली,यशोदा बस्नेत,मावि कालाखोलाका अर्जुन बिकले महिला अधिकार,महिला हिंसा बिरुद्ध र राज्यका विभिन्न तहमा महिलाको सम्मानजन सहभागिताको बारेमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।

शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको कार्यक्रममा बिषय प्रबेश शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले गर्नुभएको थियो । सो अवसरमा मावि तुलसीपुर सेन्टरका शिक्षीका मेनका भण्डारी र माबि बालापुरका शिक्षीका उषा गौतमले आ आफ्ना धारणा राख्नुभएको थियो ।
स्वागत मन्तब्य सहसचिव माधव बस्नेतले र सहजिकरण सदस्य भिमलाल मरासीनिले गर्नुभएको थियो । शान्ति समाजले मार्च ८ लाई अन्तराष्ट्रिय दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएको छ ।