माओवादी केन्द्र तुलसीपुर ५ द्वारा शहीद,वेपत्ता तथा घाइतेलाई सम्मान

तुलसीपुर,२४ फागुन । नेकपा माओवादी केन्द्र तुलसीपुर ५ कमिटिले शहीद,वेपत्ता परिवार तथा घाइतेलाई सम्मान गरेको छ ।

पार्टीका वडाध्यक्ष बेद प्रसाद ओलीको अध्यक्षता तथा केन्द्रिय निर्वाचन आयोगका संयोजक कुबेर वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि वलीले सहीद,बेपत्ता परिवारहरुको योग्दानले नै मुलुक अहिलेको अबस्थामा आएको बताए ।


कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लुम्बिनी प्रदेश सदस्य तथा नगर इन्चार्ज प्रेम राज वली, पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, पार्टीका वडा इन्चार्ज मिन राज भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस्तै सोही अवसरमा पार्टीमा प्रवेश गरेका खेमराज वली, तिलक खड्कालाई पनि स्वागत गरिएको थियो ।