शान्तिनगरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

निराश पाण्डे
शान्तिनगर, १६ फागुन ।
शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजनामा बुधबार चिराघाटमा एक दिने दादुरा रुबेला खोप अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिती र सरोकार वालाको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले दादुरा रुबेला रोग लागेको एक जना ब्यक्ति ले १८ जना सम्मलाई दादुरा रुबेला रोग सार्न सक्छ भन्दै अध्यक्ष बस्नेतले यो रोगबाट सुरक्षित रहन सबै ५ वर्ष मुनिका बालबालिकालाई अनिवार्य रूपमा दादुरा रुबेला विरुद्ध खोप लगाउन आग्रह गर्नु भएको छ। कार्यक्रममा शान्तिनगर स्वास्थ्य शाखा संयोजक घनश्याम पाण्डे र अक्ष केसीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो।


कार्यक्रममा कार्यपालिका सदस्य, संचारकर्मी विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख कृष्ण कंडेलले गर्नु भएको थियो।