बबईमा महिला सचेतना तथा सिलाईकटाई तालिम

दाङ, १३ फागुन ।
बबई गाउँपालिका वडा नं. ४ मा महिला सचेतना तथा सिलाई कटाई तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा महिला सशक्तीकरण एवं समाज विकास नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो ।


महिला सचेतना तथा सिलाई कटाई तालिममा बजेट व्यवस्थापन लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले गरेका हुन् । महिला सचेतना एवं सिलाई कटाई तालिम लिन पाउदा महिला निकै खुसि छन्।