कपुरकाेट गाउँपालिकाद्वारा अक्षर सुधार कार्यशाला सम्पन्न

सल्यान, ५ फागुन ।
कपुरकाेट गाउँपालिकाको आयोजनामा १८ विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिकाहरूलाई सतप्रतिशत अक्षर सुधार कार्यशाला सम्पन्न भएको छ । कपुरकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत वलीकाे प्रमुख अतिथिमा कार्यक्रम भएको हाे ।
प्रमुख अतिथि वलीले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर, नियमबद्द गरि शिक्षक, विद्यार्थी सबैले गर्नु पर्ने बताउनु भयो । उहाँले भनुभयाे “अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउछ ।”

डिभाइन इन्स्टिच्युटका प्रमुख प्रशिक्षक हिमाल डाँगीले अक्षर सुन्दर र आकर्षक व्यक्तित्व निर्माण गर्ने आधारभुत कुरा भएको बताउनु भयो ।


कार्यक्रमकाे सहजिकरण कपुरकाेट गाउँपालिकाका प्राबिधिक सहायक (शिक्षा) रमेश कुमार आचार्यले गर्नुभएको हाे ।