पश्चिम दाङका दुई विद्यालयमा अखिल क्रान्तिकारीको कमिटि गठन

बबइ, १९ माघ । अखिल (क्रान्तिकारी) सरस्वती मा।वि बबई ७ चरकमटिया बिद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमुना घर्तीको अध्यक्षतामा ५१सदस्यीय समिति चयन गरेको छ । जसको अध्यक्षमा नमुना घर्ती , उपाध्यक्षमा रुपा वली, विनोद कवर, सुवास रावत , सुदिप बुढाथोकी ,सचिवमा ( क्रान्ति शाह , सहसचिवमा दल बहादुर खड्का , कोषाध्यक्षमा निर्मल घर्तीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा सुरक्षा डाँगी, यमुना रोका, मनिषा कवर लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।

अखिल (क्रान्तिकार) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भीम बहादुर वली,पार्टी बबई पदाधिकारी दीपक शाहले मन्तव्य ब्यक्त गरेका थिए, भने कार्यक्रमको सहजीकरण संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री ‘भुपेस’ ले गरेका थिए ।
बबरपुरमा पनि भेला
त्यस्तै अखिल क्रान्तिकारी जनता मा वि बबरपुरमा बिद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले कपिल बिकको अध्यक्षतामा सदस्यीय समिति चयन गरेको छ ।


जसको अध्यक्षमा कपिल बि क , उपाध्यक्षमा योगेश सुनार , सचिवमा ( टिका गिरी , कोषाध्यक्षमा विनोद खत्री र सदस्यहरुमा निर्मला कार्कि , कल्पना महरा , बिन्दु पुन , प्रदिप चन्द लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।

जनता मा वि बबरपुर अखिल क्रान्तिकारीले जनयुद्ध दिवसको अवसरमा आउँदो फाल्गुन १ विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।