६२ औं नर्सिङ दिवसको अवसरमा दंगीशरणका नर्सहरूद्धारा महायज्ञमा दान

प्रमोद आचार्य
दंगीशरण, १५ माघ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा ६२ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

सिनियर नर्स कौशिला केसी अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा दंगीशरण गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीको बिशिष्ट आथित्यतामा सम्पन्न भएकोथियो ।

६२ औ नर्सिङ दिवसको अवसरपारी दंगीशरणका सम्पुर्ण स्वास्थ्य सस्थाहरुमा कार्यरत १८ जना नर्सहरुले १८ हजार एक सय पाँच रुपैया मानवसेवा आश्रम निर्माण सहयोगार्थ आयोजित श्रीमद भागवतमा ज्ञान बिज्ञान महायज्ञमा दान गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले नर्सिङ पेसा भगवानको रुपमा परीचित भएको बताउनुभयो । गरीव दुःखि तथा विपन्न परिवारहरुका लागि मलम पट्टीको रुपमा मानवीय सेवाको रुपमा खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । चाहे त्यो कोरोनाको बेला होस चाहे जस्तोसुकै जटिल अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी पुर्यायको महत्त्वपूर्ण योगदानको स्म्रण गर्नुभयो । नर्सिङ पेसाको मर्यादा तथा इज्जत कायम राख्न सदैब लागीपर्न नर्सहरुलाई आग्रह गर्नुभयो ।

यस्तै बिशिष्ट अथिती निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीले फ्लोरेन्स नाइटिङ्गेलले घाइते तथा बिरामिको उपचारका लागि बत्ती नभएको अवस्थामा पनि अधेरोमा ल्याम्प लाल्टिन समातेर गरेको निःशुल्क सेवालाई आज बिश्वले आत्मसाथ गरेको बताउनुभयो ।


यस्तै सुचना अधिकारी टेक बहादुर खत्रीले नर्सिङ पेसा भनेको दुःखि तथा विपन्नहरुको उपचार तथ सेवाका लागी अहोरात्र खटिने पेसा भएकाले पनि नर्सिङ सेवाको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । बच्चा जन्मिने बित्तीकै पहिलो हेरचाह गर्ने र मरणोप्रान्त सम्म सेवाभावले जोडिने नर्सिङ पेसा रहेको खत्रीको भनाइथियो । नर्सिङ पेसाको सम्मान र सुधारका लागी स्थानिय तहदेखी केन्द्रस्तरसम्म आवाज उठ्नुपर्ने आवश्यक रहेको भनाइथियो । पेसागत वृद्धि विकासमा सरोकारवालाको ध्यान पुग्न समेत जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्राथमिक स्वास्थ्यकेन्द्र श्रीगाउँका प्रमुख डा.सुगत अधिकारीले डाक्टर भन्दापनि महत्त्वपूर्ण भुमिकामा नर्सहरु रहने भएको बताउनुभयो ।बिरामिको उपचार तथा सेवामा मात्र नभइ समाजमा सामाजिक रुपान्तरणसम्म पनि नर्सिङहरुको भुमिका प्रसम्सनिय रहेको उहाँको भनाइथियो।

त्यस्तै दंगीशरणका स्वास्थ्य साखा प्रमुख प्रदिप योगीले आज नेपालले माघ १५ गतेलाई नर्सिङ दिवसको रूपमा मनाउदै आएको बताउनुभयो । ७० हजार नर्सिङ काउन्सिल रहेपनि ४० हजार नर्सहरु बिदेश पलायन भइसकेको बताउदै यस तर्फ ध्यानदिन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

दंगीशरणकी सिनियर अनमी सुन्धारा शर्माको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण दंगीशरण स्वास्थ्य साखा सहायक राधासर्माले गर्नुभएकोथियो ।