नेपाल शिक्षक संघ सातौं प्रतिनिधिसभा हेकुलीमा सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, १४ माघ ।
नेपाल शिक्षक संघ दंगीशरण गाउँपालिका दाङको आयोजनामा सातौं प्रतिनिधिसभा वडा नं. ३ हेकुलीको रानिवनमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दंगीशरणका अध्यक्ष रेशम केसीको अध्यक्षता,लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश संसद शंकर गिरीको प्रमुख आथित्यता,गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा प्रतीनिधिसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती शंकर गिरीले शिक्षकहरु स्वाभिमानि,लगनशिल,र कर्मशिल हुने बताउनुभयो । पुर्व संसद गिरीले शिक्षक भनेको त्यस्तो पेशा हो जो आफु जलेर अरुलाई ज्ञानको ज्योती छर्ने गर्दछन त्यसैले पनि शिक्षकको सम्मान र इज्जत गर्न सक्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक संघको जिम्मेवारी अझ धेरै हुने गरेको बताउदै पुर्व संसद गिरीले नेपाल शिक्षक संघले नेपालको शैक्षिक जगतको नेतृत्व गर्दै शिक्षाको खाका कोर्ने काम पनि गरेकाले शिक्षक संघको आफ्नै गर्विलो इतिहास रहेको समेत बताउनुभयो ।

कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिका अध्यक्ष शम्भु गिरीले शिक्षा मानव जिवनको मेरोदण्ड रहेकाले दंगीशरण गाउँपालिकाको सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागी आफु तत्पर रहेको बताउनुभयो । जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने उदेस्यका साथ आफुहरु अगाडी बढेको बताउदै अध्यक्ष गिरीले शिक्षकहरु सधै शृजन्सिल र समयानुकूल तवरले अगाडी बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष गिरीले प्रबिधिमैत्री शिक्षामा जोडदिन शिक्षकहरुलाई सुझाव समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले आफु गाउँपालिका उपाध्यक्षको नाताले पनि शिक्षकहरुको हरेक समस्या तथा गुणासाहरुको समाधानका लागी लागीपरेको बताउनुभयो । शिक्षक समाजको पहिलो ऐना भएकाले पनि शिक्षकको सम्मान र सम्बोधनका लागी आफु गम्भिर रहेको उहाँको भनाइथियो ।


कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ दाङका निवर्तमान अध्यक्ष युवराज वस्नेतले शिक्षक संघ दाङलाइ पार्टी पङ्तीलाई समेत सन्देश दिने गरी गुट रहित बनाउन तर्फ आफुहरु लागीरहेको बताउनुभयो ।

यस्तै नेपालि काङ्ग्रेसका नेता केशव आचार्यले शिक्षक संघ जबजब अप्ठ्यारो पर्छ त्योबेला शिक्षक संघले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको स्म्रण गर्नुभयो । शिक्षक संघ सदैव रचनात्मक भुमिकामा अग्रस्थानमा रहेकालेपनि शिक्षक संघको प्रसंशा गर्नुभयो ।

सम्मान कार्यक्रममा दंगीशरणका नृवित्त शिक्षकहरुलाइ सम्मान समेत गरीएकोथियो । सम्मानित हुनेहरुमा दुर्गा न्यौपाने, गोविन्द आचार्य ,भिम कुमार डिसि,तेज बहादुर डाङ्गि ,र रोबरसिंह ढकाल रहनुभएको थियो । यस्तै नेपाल शिक्षक सेवा आयोग २०७९ बाट नाम निकालि शिक्षक संघमा आवद्ध हुनुहुने शिक्षकहरु छवि योगी, राममाया बिश्वकर्मा,तिलक चौधरीलाइ समेत बधाइ तथा सम्मान गरीएको हो ।

कार्यक्रममै नव सेवा प्रवेसि शुसिल चन्द ,जिवराज न्यौपाने युवराज धिताल,कमला रोका वलि, अम्बिका वलि, र इच्छा कुशुम शर्मालाइ बधाइ तथा सम्मान गरेको हो । कार्यक्रमको सहजिकरण नेपाल शिक्षक संघ दंगीशरणका सचिव नर बहादुर बस्नेतले गर्नुभएकोथियो ।