मधेशबाट सत्ता गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

जनकपुरधाम, ११ माघ ।
राष्ट्रिय सभामा रिक्त हुने दुई सदस्य चयन गर्न आज भएको मतदानमा मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भएका छन् ।

ढुंगाना र चौधरी सत्ता गठबन्धनका उम्मेदवार हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठन गरिएको प्रदेश निर्वाचन कार्यालयका अनुसार ढुंगानाले सात हजार तीन सय ७० मतभार पाए । यस्तै, जसपाकी चौधरीले सात हजार नौ सय २९ मतभार प्राप्त गरिन् ।


मधेश प्रदेशका एक सय ३६ पालिका र प्रदेश सभाका एक सय सात सदस्य मतदाता थिए । तीमध्ये सबै पालिकाबाट तथा प्रदेश सांसदमध्ये एक सय ६ जनाबाट मतदान भएको थियो ।