चखौरामा माटो परीक्षण शिवीर

दंगीशरण, १० माघ ।
सिद्ध पृथ्वी जनता मावि श्रीगाउँको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहजीकरणमा माटो परीक्षण शिवीर वडा नं. ३ को चखौरामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले समय परिवर्तनशिल रहेको र समय अनुसार खेतबारीमा रासायनिक मलको जथाभावी प्रयोगले माटोको अवस्था बिग्रीएको बताए । माटोको परीक्षण गरेर मात्र कुनै पनि बालिनालिको व्यावसायिक खेती गर्न आग्रह गरे।

पहिलेको समयमा जागिर खानलाई मात्र पढ्नुपर्छ भन्ने थियो तर अहिले खेती किसानी गर्नलाई पनि पढ्न र जान्नु पर्ने बेला आएको अध्यक्ष गिरीको भनाई थियो । किसानलाई खेतीबारीमा लगाएको कुनै बालि नालिमा समस्या परे गाउँपालिकामा रहेका कृषि प्राविधिकको सल्लाह र सुझाव लिन किसानहरुलाई आग्रह गरेका छन् ।

विगतका वर्षमा पौराणिक खेती प्रणाली गरिन्थ्यो भने अबको समयमा आधुनिक कृषि प्रणालीलाई अङ्गाल्दै ब्यवसायिक खेती प्रणाली तर्फ लाग्न सुझाव दिए । माटो परीक्षण शिवीरमा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले माटो परीक्षण गराएर मात्र मौसम अनुसार हरेक तत्व मिलाइ खेतीपाती गर्ने बानिको विकास गर्न आग्रह गरेका छन् ।


कार्यक्रमको वारे जानकारी गराउदै सिद्ध पृथ्वी जनता मावि का कृषि शिक्षक माटो तथा खेतवारीमा भएका हरेक समस्या बारे जानकार रहन तथा माटोमा देखिएका हरेक समस्याको समाधान गर्न शिवीरले सहयोग गर्ने अपेक्षा लिएको बताए ।

कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै कृषि अधिकृत ऋशिकेष आचार्यले माटोमा अम्लियपन र माटोको गुणस्तर कस्तो छ भनेर किसानको खेतवारीको माटोको अवस्था जाच्न आफुहररू गाउँ–गाउँमा जाने गरेको बताए ।

माटो परीक्षण शिवीर कार्यक्रम अगुवा कृषक रबिन्द्र चौधरीको अध्यक्षता ,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको बिशिष्ट आथित्यतामा भएको थियो ।