बबई गाउँपालिकाको १४ औं गाउँसभा सुरु

रामप्रसाद सुवेदी
हापुरे, ८ माघ ।
दाङको बबई गाउँपालिकाको १४ औं गाउँसभा सुरु भएको छ। बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा आईतवार देखि सुरु भएको गाउँ सभामा बिधेक स्वीकृत गर्ने,गाउँपालिकाको संगठन संरचना र दर्वन्दी स्वीकृत गर्ने, कार्यरत कर्मचारीलाई निरन्तरता दिने,आधारभुत अस्पताल सञ्चालन गर्ने तथा बजेट रकमान्तर गर्ने लगायतका विभिन्न ५ वटा बिषयमा छलफल भएको छ।

गाउँसभामा सभासदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष क्षेत्रीले पालिका भित्र हुने चोरी निकासीमा आम स्थानीयहरुको समन्वय र स्थानिय सरकारको सकृयतामा रोकी राजस्व संकलनमा भुमिका निर्वाह गर्ने बताउनुभएको छ।अध्यक्ष क्षेत्रीले गाउँपालिका भित्रका भुमिहिन सुकुम्बासीलाई तत्काल लालपुर्जा वितरण गर्न भुमिका निर्वाह गर्ने तथा नापजाँच गर्न बाकि रहेका जमिनलाईलाई तत्काल नापजाँच सुरु गर्ने पनि बताउनुभएको छ ।

बबई ३ हंसपुरमा निर्माण सम्पन्न १५ सैयाको अस्पताललाई प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन नभएको र स्थानिय सरकार मार्फत नै सञ्चालन गर्नुपर्ने भएको हुदा आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी ५ सैया भपनि सञ्चालनमा ल्याउने उहाँको बनाई थियो । बढ्दो जनघन्त्वलाई मध्यनजर गरी हापुरे प्राथमिक अस्पताललाई पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।


अध्यक्ष क्षेत्रीले सडक बिस्तारमा स्थानिय सरकार गम्भीर रहेको बताउदै बबई ४ र ५ को हापुरे धागेछहरा हुदै अखेला जोड्ने सडकका बिषयमा २ गाउँपालिकाका अध्यक्ष सहितको बैठकले निर्णय गरेर लुम्बिनी र कर्णाली प्रदेश सरकारमा बजेट विनियोजनका लागी अनुरोध गरिसकेको बताउदै आवश्यक बजेट विनियोजन हुनेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष क्षेत्रीले बबई ३ को घट्टेखोला अनुरुद्र हुदै सल्यान जोड्ने बाटोका निम्ति वनि प्रदेश सरकार मार्फत बजेट विनियोजनका निम्ति प्रकृया अगाडि बढाएको पनि बताउनुभयो । साथप्रदेश सरकारबाट बजेट विनियोजन नभएमा स्थानिय सरकार मार्फत बजेट विनियोजन गरेर ट्राक खोल्ने पनि बताउनुभयो गाउँसभा आगामी माघ १८ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।