सिएनटीको स्थापना दिवसमा पत्रकारिता तालिम

बिशाल विश्वकर्मा,
तुलसीपुर, ३ माघ ।
दाङको तुलसीपुरमा रहेको राइजिङ टुगेदर मिडिया प्रालिद्वारा सञ्चालित सिएनटीप्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा २ दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ ‌। वि.सं. २०७९ माघ ४ गते बाट सञ्चालनमा आएको सिएनटी प्रेस डटकमले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको भवनमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको हो ‌।
पत्रकारिता फिल्डमा नयाँ प्रवेश गरेका तथा गर्दै गरेका प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण दिइएको हो । दशकौ लामो पत्रकारिता फिल्डमा अनुभव बटुलेका पत्रकार (प्रशिक्ष) हरु : दिपक बोहोरा, राकेश बस्नेत, यज्ञ बहादुर बुढा, सुमन के सी, जित सागर जि एम, बसन्त पौडेल,मदन बि क ले तालिममा आफ्नो अनुभव सँगैको खोजी पत्रकारिता, समाचार लेखन, पत्रकार र पत्रकारिता विषय, छापा पत्रकारिता, रेडियो पत्रकारिता,‌टेलिभिजन पत्रकारिता तथा अनलाइन पत्रकारिता लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

२०८० माघ २ र ३ गते सञ्चालित २ दिने आधारभूत पत्रकारिता तालिमका अध्यक्ष तथा राइजिङ टुगेदर मिडिया प्रालिका सञ्चालक तथा सिएनटी प्रेसका प्रमुख/सम्पादक सागर सुबेदीले उक्त आधारभूत पत्रकारिता तालिमले नवप्रवेशि साथीहरुलाई पत्रकारिता फिल्डमा काम गर्न सहजता हुने तथा पत्रकारिता फिल्डमा काम गर्न क्षमता अभिबृद्धि साथै हौसला बढाउन मद्दत गर्ने उद्देश्यले तालिम को आयोजना गरिएको बताउनु भयो।


यस सँगै भोली माघ ४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको ब्लड बैंकमा रक्तदान कार्यक्रम गरी सिएनटी प्रेस‌ डटकमले आफ्नो पहिलो स्थापना दिवस मनाउदै छ ।