कालिमाटीमा स्तरीय मौलिक लोक गायन,नृत्य तथा सोरठी पैसरी प्रर्दशनिकाे अडिसन अन्तिम चरणमा

सल्यान, २ पुष । कालिमाटी गाउँपालिका स्तरीय मौलिक लोक गायन,नृत्य,तथा सोरठी पैसरी प्रदर्शनिकाे पाँचौ दिन वडा न.३ को अडिसन श्री सार्दा जनकल्याण उच्च माध्यमिक विद्यालय कालिमाटी ३ सल्यानमा सम्पन्न गरेको हो ।
कालिमाटी गाउँपालिकाको आर्थिक सहयोग र एच.आर. मिडिया हाउस प्रा.लि तुलसीपुर ५ दाङको आयोजना पौष ९ र १० गते हुन गहिरहेको कालिमाटी गाउँपालिका स्तरीय मौलिक लोक गायन,नृत्य,तथा सोरठी पैसरी प्रदसनीको लागी अहिले आयोजक टिमले वडा वडामा गहि अडिसन लिहिरहेको छ । यहीँ समयमा सोमबार वडा न. ३ को अडिसन सम्पन्न गरेको हो ।
आफ्नो मन्तव्य राख्दै शार्दा उच्च मा.वि का प्राध्यापक विन्दुर के.सिले पछिल्लो समयमा हराउदै गहिरहेको आफ्नो पहिचान झल्काउने मौलिक,संस्कृति पहिचानलाई संरक्षण गर्दै पर्यटन प्रबन्धनलाई पनि उच्च स्थानमा पुराउन सकोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । आफ्नो विद्यालयमा आयोजना गर्दा आफुहरुले पनि विद्यार्थीको सांस्कृतिक पर्तिको रुचि, इच्छा, चाहना र भावनालाई पनि चिन्ने अवसर पाएको भन्दै आयोजक टिम लगायत गाउँपालिकालाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त समेत गरेका थिए ।
शारदा उच्च मा.बि का प्राध्यापक विन्दुर के.सिको सभा अध्यक्षमा भएको उक्त कार्यक्रममा वडा न.३ का सदस्य शेर बहादुर रेउले, भावना बि.क अन्य अतिथि तिलक वली, रेजिना बुढाथोकी विद्यालयका सम्पुर्ण शिक्षक,शिक्षिका लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन पारसमनी भण्डारीले गरेका थिए ।
उक्त अडिसनमा वडाबाट गायन बिधामा १७ सहभागी भएका थिए भने नृत्य बिधामा ३४ जना सहभागी भएका थिए यस्तै वडा न.४,५,६,र ७ को अडिसन सकिएको छ ।