दाङ, २५ मंसिर ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले एक कार्यक्रम गरि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० मनाएको छ। डिभाईन टेम्पल एकेडेमीका माध्यमिक तहका विद्यार्थीहरुलाई मानव अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरेर दाङ शाखाले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको हो। कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा दाङ शाखाका सभापति श्री बिनोद कुमार श्रेष्ठ रहनुभएको थियो। दाङ शाखाका उपसभापति श्री धुर्व गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता शाखा सभापति श्री बिनोद कुमार श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथीको रूपमा नेसनल प्याब्सन दाङका अध्यक्ष श्री भोजराज न्यौपाने रहनु भएको थियो। शाखाका सहसचिव श्री सुवास डाङिले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथिले अबको पुस्ताले अधिकार खोज्ने मात्रै होइन कर्तव्यलाई पनि सङसङै लैजानु पर्ने आवश्यक रहेको बताउदै अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा झै रहेको बताउनु भयो। मुख्य प्रशिक्षक सभापति बिनोद कुमार श्रेष्ठले मानव अधिकारको इतिहास, अन्तर्राष्ट्रियकरण , औचित्य एवम् बिस्वव्यापी मान्यताहरु बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रम उपसभापति श्री गोरख वलिले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो।
लाइभदाङ । २५ मंसिर २०८०, सोमबार १२:३२ बजे