बबई गाउँपालिकामा ३२ ओैं अन्तर्राष्ट्रिय अपांङ्गता दिवस मनाईयाे 

हापुरे, १८ मंसिर । 
अपांगता भएका ब्यक्तिहरुलाई समान ब्यबहार गर्नुपर्ने एक कार्यक्रमका बक्ताहरुले जाेड दिएका छन् । दाङको बबई गाउँपालिकामा आईतवार  ३२ ओैं अन्तर्राष्ट्रिय अपांङ्गता दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्ने बक्ताहरुले यस्तो बताएका हुन् । अपाङ्गता समावेशी तथा सराेकार मञ्चकाे आयाेजना तथा बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा  र आईएनएफ नेपाल दाङ शाखाकाे आर्थिक सहयाेगमा कार्यक्रम सम्पन्न भएको हाे ।
अपाङ्गता समावेशी तथा सराेकार मञ्चका  अध्यक्ष कृष्ण बहादुर वलकाे अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा र बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काकाे बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।  अपाङ्गता समावेशी तथा सराेकार मञ्चका उपाध्यक्ष झग्गु बि.क काे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा आईएनएफ द्वारा सञ्चालित सिबिआईडी परियाेजना सुपरभाइजर सुसिला बि.सीले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।
बबई गाउँपालिका भित्रका अपांगता भएका ब्यक्तिहरुले कार्यक्रम अघि हापुरे बजारमा शान्तिपूर्ण र्याली समेत आयाेजना गरेका थिए। कार्यक्रममा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, बबई ६ र ७ का वडाध्यक्ष द्वय राजेन्द्र विक्रम शाह र तिलकराा भण्डारी, कार्यपालिका सदस्य नारायण परियार लगायतकाले बाेल्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईश्वरा रावतले गर्नुभएको थियाे ।