संघीयता सफल पार्न स्वास्थ क्षेत्रको भूमिका महत्वपूर्ण : कार्यबहाक मुख्यमन्त्री मास्की

देव राज कँडेल
देउखुरी, २० कार्तिक ।

लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताको सफलतासंग जोडिएको बिषय भएको बताएका छन् । आर्थिक बर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिने बताए । ‘स्वस्थ्यकर्मीले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिएको हुन्छ’, उनले भने ‘यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।’

साथै उनले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाकालागि आएको समेत मास्कीले बताए । ‘सुबिधा लिन मात्रै यो क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि यो पेशामा आउनु भएको छ’, उनले भने ‘त्यसैले पनि स्वास्थकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।’ साथै उनले बजेट बिनियोजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेको छ ।


मन्त्री मास्कीले पछिल्लो समय मानसिक विरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेको बताए । कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएको बताए । कार्यक्रममा प्रदेश योजना आयोग उपाध्यक्ष डा.नहकुल केसी, जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी,स्वास्थ मन्त्रालयका सचिब डा. जनार्दन पन्थीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।