राजपुरमा पिकअप र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

गढवा, १५ कार्तिक ।
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ सोमाइथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर–२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो।


ठक्करबाट मोटरसाइकल चालक राजपुर–२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमो मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।