दाङमा अटो दुर्घटनामा ५ जना घाइते

दाङ, ५ कार्तिक । दाङको देउखुरीमा अटो दुर्घटनामा हुँदा चालक सहित ५ जना घाइते भएका छन् ।

शनिबार राति  सिसहनियाँ बजार देखि छोट्की सिसहनियाँ जाँदै गरेको रा १ ख ६०४५ नम्बरको अटो रिक्सा छोट्की सिसहनियाँमा आफै अनियन्त्रित भई सडकको दायाँ विद्युतको पोलमा ठोक्किएर पल्टिदा चालक सहित ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।


घाइते हुनेहरूमा गढवा गाउँपालिका-३ बस्ने वर्ष ५० की शिउकुमारी चौधरी, सोही ठाउँ निवासी वर्ष ४५ कि अनिता चौधरी, राप्ती गाउँपालिका-४ मौरीघाट निवासी वर्ष ३२ का मंगलप्रसाद चौधरी, सोही पालिकाको वडा नम्बर ५ निवासी वर्ष ९ कि निसिका चौधरी र अटो चालक राप्ती गाउँपालिका-५ लठ्ठहवा निवासी वर्ष ३७ का कमल चौधरी घाइते हुनु भएको छ।

घाइते मध्ये ३ जनाको बुटवल सिटी हस्पिटलमा उपचाररत हुनु हुन्छ भने अनिता चौधरीको बुटवलबाट थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको छ  । चालकले मादकपदार्थ सेवन गरि अटो चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।