बिरामी बस्नेतलाई उपचारमा रकम अभाव

हापुरे, २ कार्तिक ।
दाङको बबई गाउँपालिका ५ कि लक्ष्मी बस्नेतलाई उपचारमा रकम अभाव भएको छ। गत जेठबाट बिरामि परेकि बस्नेतको अहिले चितवन मेडिकल कलेजमा आईसियुमा उपचार भैरहेको पारिवारिक स्रोतले जनाएको छ ।

रोग पत्ता नलाग्दा धेरै अस्पतालमा उपचार पश्चात स्थानियको सहयोगमा चितवन पुर्याएकि बस्नेतको छातिको टिभिको ब्याक्टेरिया दिमागसम्म पुगेको चिकित्सकहरुले बताएका छन् ।


पारिवारिक अवस्था कम्जोर भएका कारण छोरीको उपचारमा समस्या भएको बस्नेतका बुवा कुलबहादुर बस्नेतले बताउनुभयो । उमेरले १९ बर्ष पुगेकि बस्नेतलाई यतिबेला आईसियुमा राखेर उपचार गरिरहेको बताईएको छ ।

सरकारले टिभिको औषधि निःशुल्क उपलब्ध गराउने भए पनि आईसियु चार्ज र अन्य खर्च जुटाउन गाह्रो भएको बताउदै उपचारमा सहयोग गरिदिन कुलबहादुर बस्नेतले अनुरोध गर्नुभएको छ।