शुभकामना आदानप्रदान एवम् वनभोज कार्यक्रम

दाङ, १ कार्तिक । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङले बिजया दशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् वनभोज कार्यक्रम घोराही स्थित बाह्रकुने दहमा सम्पन्न गरेको छ। नेसनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा गत हप्ता मनोनयन गरिनुभएका सल्लाहकारहरुलाई प्रमाणपत्र, खादा र नेसनल प्याब्सन दाङको छैटौं अधिबेशन अंकित टोपिले सम्मान गरिएको थियो। नेसनल प्याब्सन दाङको पहिलो पुर्ण बैठकबाट सुरेन्द्र जि सि, राजेन्द्र पान्डे र बिक्रान्त ज्ञवाली सल्लाहकारमा, शरद रेग्मी प्रेस सल्लाहकारमा र मोहन धिताल कानुनी सल्लाहकारमा मनोनीत हुनुभएको थियो। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रिय उपाध्यक्ष सुबोध डागिले प्रमुख अतिथिको तर्फबाट सबैलाई शुभकामना ब्यक्त गर्दै सरकारको पछिल्लो कदम तर्फ चनाखो भइ विद्यालय संचालन गर्नुपर्ने परिस्थिति बनेको कुरा राख्नु भयो। उहाले संसदमा टेबुल भएको शिक्षा बिधयक अपुरो रहेको जिकिर गर्नु भयो। त्यस्तै केन्द्रिय सदस्य प्रकाश शर्मा, भिम बहादुर बुढाथोकी, लुम्बिनी प्रदेश सह कोषाध्यक्ष नरेश आचार्य लगायतले शुभकामना ब्यक्त गर्दै शिक्षा बिधयककै कुराले चिन्ता थपिएको कुरा गर्नु भयो। बिशिस्ट अतिथिको रूपमा बोल्दै पत्रकार महासघ दाङका अध्यक्ष दुर्गालाल केसिले निजि विद्यालयको योगदानलाई राज्यले उचित मुल्यांकन गर्नु पर्ने र ल्याउन लागेको शिक्षा बिधयकका सन्दर्भमा व्यापक छलफल हुनुपर्ने बताउनु भयो। यसै बिचमा सल्लाहकार राजेन्द्र पाण्डे, प्रेस सल्लाहकार शरद रेग्मी, कानुनी सल्लाहकार मोहन धिताल लगायतले नेसनल प्याब्सन दाङ्लाई धन्यवाद ब्यक्त गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई शुभकामना दिनुभयो। कार्यक्रम नेसनल प्याब्सन दाङका उपाध्यक्ष ठाकुर डाङिको स्वागत मन्तव्यबाट शुरु भएको थियो। कार्यक्रममा दाङ जिल्ला बाट ४० बढी विद्यालयहरुको सहभागिता रहेको थियो। कार्यक्रममा वनभोज समेत आयोजना गरिएको थियो। कार्यक्रम सचिब सालिकराम कार्किले संचालन गर्नु भएको थियो।