दंगीशरण–६ मा साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको पूर्व सहकारी भेला

दंगीशरण, १९ असोज ।
दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग,हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको संयुक्त साझेदारिमा सञ्चालन भएको दंगीशरण कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजना अन्तर्गत वडा नं.६ को पूर्व सहकारी भेला वडा नं. ६ को कार्यालयमा सम्पन्न भएको छ ।

सगरमाथा समुहका अध्यक्ष सुस्मिता चौधरीको सभापतित्व, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिस्ट आथित्यतामा सहकारी भेला सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समय कमाइ अनुसारको बचत गर्नु आजको प्रमुख आवश्यकता रहेको बताए । अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले अहिले गठन हुन लागेको सहकारी गाउँपालिकाको मातहतमा रहने र त्यसको स्वामित्व गाउँपालिकामा रहने भएकाले ढुक्कसँग सदस्य हुन र सहकारीमा जोडिन आग्रह गरे ।


यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सबैलाई सहकारीमा जोडिनुपर्ने बताईन् । सहकारीबाट यहाँका किसानहरुलाई थुप्रै फाइदाहरु हुने भएकाले पनि सहकारीको महत्व र यसको फाइदावारे सबै जानकार रहनुपर्ने बताईन् ।

भेलामा वडा नं.६ का वडा अध्यक्ष रोशन जङ शाह ,कार्यपालिका सदस्य टन्कि भण्डारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । भेलामा कार्यक्रमका फोकल पर्सन नमराज अधिकारीले सहकारीको उदेश्य तथा लक्ष्य बारे जानकारी गराउदै किसानलाई स्व्यम मालिक बनाउने ,उत्पादित वस्तुको बजारीकरण लगायत किसानको उन्नति र उत्थानमा जोडदिन सहकारीले सहयोग पु¥याउने बताए । कार्यक्रमको सहजीकरण परियोजना कार्यक्रमको संयोजक गोमा भट्टराईले गेरकी थिईन् ।