राष्ट्रिय संगीतकर्मी संघ दाङको अध्यक्षमा ओली

दाङ, १७ असोज ।
कलाकारहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ दाङको तेस्रो अधिबेशन मंगलबार तुलसपिुर उपमहानगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । अधिवेशनबाट दिपक ओलीको अध्यक्षतामा २९ सदस्सिय नयाँ कार्य समिति चयन गरिएको छ ।

जसको बरिष्ठ उपाध्यक्ष हरि राणा मगर, प्रथम उपाध्यक्ष उषा दसौटी, उपाध्यक्षहरुमा कमल खड्का, दिपक बर्मा, हरिकला बुढा, श्रीधर कडेल सचिवमा भिम बहादुर ओली, सह सचिवमा इश्वर बि. सि.,प्रबक्तामा रमेश ओली,कोषाध्यक्षमा टंक खड्का, सह कोषाध्यक्षमा वीर बहादुर बि.क.रहेका छन् भने सदस्यहरुमा करन ओली,दामोदर के.सी.,रमेश जैशी, हर्क बहादुर बि.क.,बेल मति बि.क., पुजा बि.क.,प्राबति बि.क.,बसन्त बाबू ओली, आशा बुढामगर, बिमला थापा मगर, लोक बहादुर बि क, हरि प्रसाद पाण्डे, अस्मिता के.सी.जानकी बि.क., वसन्त रानामगर, गुमाणसिंह के.सी.रहेका छन् भने बाँकी सदस्य पछि मनोनित गर्ने अध्यक्ष ओलीले बताए ।


सो अधिवेशनबाट ३ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ जसको सदस्यमा सन्तोष कुमार गुप्ता ,शंकरमान बिस्ट,राजकुमार ओली रहेका छन् । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, केन्द्रिय सदस्य रविन्द्र रिमाल, गोविन्द गौतम,सरोज सिम्खडा,अस्मिता खनाल,सुमि श्रेष्ट, सविना कार्की, टंक खड्का, एम.टि महर लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको व्यवस्थापन तथा संयोजन तिलक वली र इश्वर बि.सी.ले गरेका थिए ।