ज्यान मार्ने उद्योग मुद्दाका फरार एक जना पक्राउ

दाङ, ५ असोज ।
दाङ प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साविक जिल्ला दाङ गंगा परस्पुर–२ हाल गढवा गाउँपालिका– ४ बस्ने ३९ वर्षिय विरेन्द्र चौधरीलाई बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए ।


सर्वोच्च अदालत काठमाडौबाट २०७९ साल माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला सुनाएको थियो । उनलाई गढवा गाँउपालिका–४ स्थित लुकिछिपि रहेको अवस्थामा पक्राउ गरी बिहीबार दाङ जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।