यी हुन्, दाङबाट छुटेका कैदीहरु

दाङ, ३ असोज । संविधान दिवसको अवसरमा दाङबाट २२ जना कैदीबन्दी छुटदैछन् । तुलसीपुर कारागारबाट १४ र घोराही कारागारबाट ८ जना कैदीबन्दी छुट्न लागेका हुन् ।

तुलसीपुरका जेलर चिन्तामणी रेग्मीका अनसार १ जना महिला र अन्य १३ जना पुरुष कैदीबन्दी छुट्न लागेका हुन् । कतव्र्य ज्यान, सवारी ज्यान, हातहतियार खरखजना, बहुविवाह र चोरीका गरी १४ जनाको बाँकी कैद मिनाह भएको जेलर रेग्मीले बताए ।
त्यस्तै घोराही कारागारबाट कर्तव्य ज्यानका २ , सवारी ज्यानका २ र चोरी मुद्धाका ४ गरी ८ जना कैदीबन्दी छुट्न लागेका हुन्। कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने भएको हो । ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ ।