चन्द्र प्रभा माबि रोल्पामा हाजिरिजवाफ प्रतियोगिता 

रोल्पा, २९ भदौ ।  ५९औं रास्ट्रिय बालदिवसको अवसरमा चन्द्र प्रभा मा.बि. मिझिङ रोल्पामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयका निमित्त प्र.अ. रत्नलाल सुबेदीको अध्यक्षता तथा  सुनिलस्मृती गाउँपालिका वडा न. ३ शिक्षा समितिका संयोजक धिरेन्द्र घर्तीको प्रमुख आथित्यता तथा बि.ब्य.स. अध्यक्ष ठगेन्द्र प्रसाद के.सि. को बिशिष्ट आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बिद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई विभिन्न १० समुह बनाइ प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दिपिका बिस्टको समूह, दित्तिय स्थान गोपाल सुनारको समूह र तृतीय स्थान प्राप्त गर्न सफल गङ्गा बि.क. को टिम रहेको थियो । बिद्यालयका अनुशासन बिभाग संयोजक तथा शिक्षक दुर्गा रोकाले संचालन गर्नुभएको हाजिरि जवाफ प्रतियोगिताको क्वीज मास्टरको जिम्मेवारी बिद्यालयका गुणस्तर सुधार बिभाग संयोजक तथा बिज्ञान शिक्षक नेत्रलाल भट्टराईले गरेका थिए ।
कार्यक्रममा प्रथम, दित्तिय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ पुरस्कार साहस नेपालले प्रायोजक गरेको थियो ।