मन्त्री शक्ति बस्नेतको सल्लाहकारमा भण्डारी

टेकराज भण्डारी
दाङ, ४ भदौ
उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको जनसम्पर्क सल्लाहकारमा तिलकराज भण्डारी नियुक्ति भएका छन् । उनी अखिल (क्रान्तिकारी)का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्दिय सदस्य छन् ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाइसकेका छन् । उनी जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन ।