भ्रममा नपर्न विरामीलाई आँखा अस्पतालको सुझाव

तुलसीपुर, ३१ साउन । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले पछिल्लो समयमा आँखा अस्पतालहरुको नाम जोडेर बजारमा भ्रम सृजना गरेको भन्दै त्यसका पछि नलागन आग्रह गरेको छ । आँखा स्वास्थ्य कार्यक्रमका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले जारी गरेको जानकारी मुलक सन्देशमा ‘आँखा अस्पतालको शाखाहो, आँखा अस्पतालमा काम गर्छु’ हाम्रो पसल र आँखा अस्पतालमा काम गर्ने डाक्टर एउटै हुन भन्ने जस्ता बजारमा भ्रम श्रृजनागरि विरामीहरुलाई भ्रममा पार्ने कामभई रहेको भन्ने जानकारी हुन आएकोले सो भ्रममा नपर्न हुन आम सेवाग्राहीहरुलाई जानकारी गराउन चहान्छौ भनिएको छ ।
जारी सन्देशमा आफुहरुका अस्पताल उपचार केन्द्रहरुमा कामगर्ने नेत्रविशेषज्ञ डाक्टर, दृष्टि विशेषज्ञ, नेत्रअधिकृत र नेत्रसहायकज्यूहरु कोहि कसैले पनि संघद्धारा सञ्चालित अस्पताल र उपचार केन्द्र बाहेक कुनै निजि क्लिनीक आँखा उपचार केन्द्र र बजारमा सञ्चालनमा आएका चश्मा पसलहरुमा गई आँखा चेकजाँच नगर्ने गरेको भनिएको छ । आँखाको कुनै पनी समस्या भएमा नजिकैका आँखा अस्पतालमा गई आँखा उपचार सेवा तथा सल्लाह सुझाव लिनहुन समेत विरामीलाई जानकारी गराएको छ ।
केहि दिनयता प्रकोपका रूपमा फैलिँदै गएको आँखापाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेको र मौसम परिवर्तनसंगै भाइरल कन्जंग्टिवाइटिसका कारण अहिले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या लिएर राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल लमही दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज र आँखा उपचार केन्द्रमा अहिले आँखाको समस्या लियर विरामीहरु दैनिक आउने गरेको बताएको छ । साथै अस्पतालमा आई उपचार पछि सवै विरामीहरु सन्चो हुदै पनि गरेको उल्लेख छ ।